१८ असार २०८३, बिहीबार

नेपालमा शीले कसलाई दिए हड्डी भाँचिदिने धम्की ?

नेपालमा शीले कसलाई दिए हड्डी भाँचिदिने धम्की ?

काठमाडौं – चीनका राष्ट्रपति शी चिनफिङले चीनलाई विभाजन गर्ने कुनै पनि प्रयासलाई ध्वस्त पारिने चेतावनी आइतवार दिएका छन् । 

हङकङमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शन र चीनको शिनजियाङमा उइगुर मुसलमानमाथिको व्यवहारलाई अमेरिकाले आलोचना गरेपछि बेइजिङले राजनीतिक चुनौती खेपिरहेको छ । 

‘चीनको कुनै पनि भागमा देश टुक्य्राउन खोज्ने प्रयास गरिएमा हाड मासु दुवै टुक्राटुक्रा पारिनेछ,’ शीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतवारको भेटघाटमा बताएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको छ । 

‘अनि चीनलाई विभाजित गर्ने प्रयासलाई समर्थन गर्ने बाह्य शक्तिले फगत सपना मात्र देखेको भनी चिनियाँहरूले भन्नेछन्,’ उनलाई उद्धृत गर्दै प्रसारित भएको छ । 

ओलीले नेपालको भूमिमा चीनविरोधी गतिविधि हुन नदिने बताएको सीसीटीभी उल्लेख गर्छ । 

ताइवान चीनको अविभाज्य अंग भएको र तिब्बत पनि चीनको आन्तरिक विषय भएको ओलीले बताए । 

रोयटर्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्