काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको नामावलीसहितको सूचि मंगलबार सार्वजनिक गरेको छ ।
आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा यही चैत २५ गतेदेखि लागू हुनेगरी नियुक्ति गर्ने निर्णय गरेको छ । उनीहरुको पनि खटाइएको क्षेत्रसहितको नामावली सार्वजनिक गरिएको छ ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नामावली यस्तो छः
नामावली हेर्न असुविधा भएमा फोटोमा राइट क्लिक गरी
open image in new tab गरी जुम गरेर हेर्न सकिनेछ



