२३ असार २०८३, मंगलबार

धितोपत्र दर्ता निष्कासन नियमावली, २०७३ संशोधन प्रस्ताव

असोज २८, २०७६
धितोपत्र दर्ता निष्कासन नियमावली, २०७३ संशोधन प्रस्ताव

काठमाडौं –सूचीकृत कम्पनीले प्रारम्भिक निष्कासनमै मोलमोलाइबाट सेयरको भाउ तय गर्ने प्रावधानसहित धितोपत्र बोर्डले नियमावली संशोधन प्रस्ताव गरेको छ ।

बोर्डले अर्थमन्त्रालयमा पेस गरेको ‘धितोपत्र निष्कासन नियमावली २०७३’ मा सर्वसाधारणलाई पहिलोपटक सेयर (आइपिओ) जारी गर्ने कम्पनीले अंकित मूल्य मात्र नभएर बुक विल्डिङमार्फत डाक बढाबढ गरेरसमेत मूल्य तय गर्न सक्ने व्यवस्थासहित संशोधन प्रस्ताव गरेको हो । 

हाल कम्पनीले दुई तरिकाबाट आइपिओको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ । पहिलो विधिअनुसार कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ (अंकित मूल्य) का दरले सेयर निष्कासन गर्न सक्छन् । दोस्रो, कम्पनीले आफ्नो नेटवर्थ, साख र मुनाफाका आधारमा बढीमा अंकित मूल्यको दोब्बरसम्म (प्रतिसेयर २ सय रुपैयाँ) मूल्य कायम गर्न सक्नेछन् । कम्पनीले चाहेमा अंकित मूल्यको आधा (कम्पनी ऐन २०६३ अनुसार प्रतिसेयर ५० रुपैयाँ) मा पनि सेयर जारी गर्न सक्नेछन् । तर, २ सय रुपैयाँभन्दा बढीमा जारी गर्न सक्दैन । 

अर्थमन्त्रालयले नियमावली संशोधन प्रस्ताव पारित गरेमा कम्पनीहरूले प्रारम्भिक निष्कासनमै बुक विल्डरमार्फत सोभन्दा माथि मूल्य प्राप्त गर्न सक्नेछन् । यसबाट सुरुवाती चरणदेखि कम्पनीको उतारचढावमा विशेष योगदान पुर्‍याउने लगानीकर्तालाई आफ्नो लगानीको उचित प्रतिफल प्राप्त गर्न पनि बाटो खुल्नेछ । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्