२७ जेठ २०८३, बुधबार

अमेरिकाका कारण सिरियामा रुसलाई फाइदा

अमेरिकाका कारण सिरियामा रुसलाई फाइदा

काठमाडौं – आइतवार राति सिरियन डेमोक्रेटिक फोर्सेसले टर्कीको आक्रमणको प्रतिरक्षाका लागि सिरियाको बशर अल असद सरकारसँग सम्झौता गरेपछि नजानिदो तवरले अमेरिकाले रुसलाई मद्दत गरेको छ । 

सिरियाको असद सरकारलाई रुसको समर्थन प्राप्त छ र अमेरिका असद सरकारको घोर विरोधी हो । आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्धको युद्धमा कुर्दहरूले अमेरिकालाई साथ दिए र उनीहरू अमेरिकाप्रति बफादार थिए ।

तर अमेरिकाले उत्तरी सिरियाबाट सैनिक फिर्ता बोलाएपछि कुर्दहरूले असद सरकारसँग सम्झौता गरे अनि यसरी रुससँग हात मिलाए । 

रुसको समर्थन र इरानको सहयोगकै कारण सिरियामा असद सरकार लामो गृहयुद्धपछि पनि साबुत छ । सन् २०११ मा असदविरुद्ध शुरू भएको संघर्ष यति लामो सयम जाँदा पनि असदको कुर्सी जोगिइरहेको छ । अमेरिकाले यस संघर्षमा विद्रोहीहरूको साथ दिएको थियो । 

अमेरिकाले उत्तरपूर्वी सिरियाबाट सैनिक झिकेपछि कुर्दहरू कमजोर बनेका छन् र यसै परिस्थितिमा टर्कीले उनीहरूमाथि आक्रमण गरेको छ । उनीहरू आफ्नो अस्तित्व जोगाउनका लागि कुर्दहरूले खेमा परिवर्तन गरेका हुन् । 

सिरियाली सेना र सिरियाली नेसनल आर्मी दुवैलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन छ । टर्कीले समर्थन गरेको सिरियन नेसनल आर्मी सिरियाको राष्ट्रिय सेना हैन ।

टर्की र रुसबीच कुनै ठूलै डील हुनसक्ने विश्लेषकहरूले बताएका छन् । पुटिनलाई सिरियन डेमोक्रेटिक फोर्सेसको पनि समर्थन छ । त्यसैले रुस बलियो परिस्थितिमा छ । 

रुसको बलियो स्थिति देखेर नै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले सिरियासँग गैरसैन्य क्षेत्र स्थापनाको सम्झौता गरेका थिए । एकपटक फेरि दुवै शीर्ष नेताहरूले मतभेदका बावजूद एकअर्कासँग सम्झौता गर्ने संकेत दिएका छन् । 

नाटोमा अमेरिकापछिको ठूलो देश टर्की नै हो । विगत केही समययता अमेरिका र टर्कीबीच दूरी बढेको छ । सिरियामा टर्कीले आक्रमण गरेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीमाथि प्रतिबन्धको घोषणा गरेका छन् । 

परिस्थितिवश रुस र टर्की एकअर्काको निकट आएका छन् । अमेरिकासँग सम्बन्ध बिग्रँदा पुटिन र अर्दोआनलाई सम्झौता तथा सहयोगका लागि प्रेरित गरेको छ । 

रुसले टर्कीसँग एस४०० मिसाइल शील्ड किनेको छ । अर्दोआनलाई रुसले असदसँग सम्झौताका लागि प्रेरित गर्नेछ । 

सोमवार भ्लादिमिर पुटिन साउदी अरब पुगेका छन् । पुटिनले भ्रमणको क्रममा तेलको विषयमा अनि इरानसँग साउदीको विवादको विषयमा कुरा गरेका छन् । 

सिरियामा रुस र इरानको साझेदारी भए पनि साउदी अरबले पुटिनलाई न्यानो स्वागत गरेको छ । रुससँग साउी अरबको आर्थिक साझेदारी छ । ओपेक प्लस समूहमा रुस एक महत्त्वपूर्ण साझेदार बन्न सक्छ भन्ने कुरा साउदीलाई पनि थाहा छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्