२३ जेठ २०८३, शनिबार

लोखर्केको तस्वीर खिच्न फोटोग्राफरलाई लाग्यो एक वर्ष !

लोखर्केको तस्वीर खिच्न फोटोग्राफरलाई लाग्यो एक वर्ष !

काठमाडौं – बेलायती फोटोग्राफर टेरी डोनेली नेचर फोटोग्राफर हुन् । उनले लोखर्केको चारवटा तस्वीर खिचे । यी चार तस्वीर खिच्नका लागि उनलाई एक वर्ष लाग्यो । 

तस्वीरहरू टेरीले घरपछाडिको बगैंचामा खिचेका हुन् । यसै वर्षको आरम्भमा उनले आफूलाई लोखर्केका पोज पोजका फोटो खिच्ने चुनौती दिएका थिए । 

तस्वीरहरूको विशेषता भनेको यिनमा लोखर्केहरू हावामा छन् । उनीहरू एउटा हाँगोबाट अर्कोमा जाँदै गर्दा यी तस्वीरहरू क्याप्चर गरिएका हुन् । 

टेरी दिनदिनै बिहान उठेर लोखर्केका गतिविधि क्याप्चर गर्थे । लोखर्केले फुत्त फुत्त उफ्रेर गायब हुने हुँदा फोटो खिच्न निकै गाह्रो हुन्थ्यो । 

टेरीले घरमै लोखर्केहरूलाई आकर्षित गर्न खानेकुरा राखिदिने गरेका थिए । त्यसपछि लोखर्केहरू दिनदिनै आए र टेरीले उनीहरूको फोटो दिनदिनै खिच्न थाले । बल्लबल्ल उनले लोखर्केहरूका सुन्दर तस्वीर हात पारे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्