काठमाडौं- अभिनेता दीपकराज गिरीले 'छ माया छपक्कै' हेरेपछि दर्शकले दिएको प्रतिक्रियाबारे लेखेका छन् ।
मंगलवार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले केही दर्शकले फिल्मलाई 'राजनीतिक चस्मा'ले हेरेको बताएका छन् ।
उनले आफूले फिल्ममा राजनीतिक रङ नदिने बताएका छन् । उनले आफू निर्वाचनको बेलामा मात्रै कुनै राजनीतिक दलसँग नजिक भएपनि त्यसलाई कर्ममा प्रतिबिम्बित नगराएको दाबी गरे ।
उनले लेखेका छन्, 'म पनि एउटा दलसँग आस्थाको हिसाबले नजिक छु तर त्यो निर्वाचनमा मात्रै प्रकट हुन्छ । मात्रै निर्वाचनमा । त्यो मेरो विचारलाइ मैले कहिलै पनि आफ्नो कर्ममा प्रतिबिम्बित हुन दिएको छैन र भविष्यमा पनि दिन्नँ । चलचित्रको सन्देश पार्टीले जे निर्णय गरे पनि 'हो मा हो नमिलाऔं' ।'
आफूलाई एकजनाले 'तपाईंहरू ज्ञानेन्द्र शाहीको लाइनमा त होइन भनेर' प्रश्न गरेको उनले लेखेका छन् ।
हेरौं स्टाटस :