०१ साउन २०८३, शुक्रबार

प्रहरीले भन्यो–सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट

असोज २८, २०७६
प्रहरीले भन्यो–सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट

    काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताउनुभएको छ ।  

    प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, “प्रधानमन्त्री, गृहमन्त्री एवं चीन सरकारले समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ, यसको हकदार सङ्गठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारी हुन् ।” सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरिकाले अगाडि बढ्न हौसला मिलेको उहाँले बताउनुभयो । 

    जुनसुकै अपराधविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुनपर्नेमा जोड दिँदै कार्कीले समाजमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाइ अगाडि बढ्न निर्देशनसमेत दिनुभयो । चाडपर्वका बेला हुने विभिन्न आपराधिक गतिविधि हुन नदिन प्रहरी थप सक्रिय र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्