३२ असार २०८३, बिहीबार

ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा सम्पन्न

कात्तिक २०, २०७४
ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २२ चैत - ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौमा सम्पन्न भएको छ । उक्त साधारण सभाले संस्थापक शेयरधनी समूहबाट श्री चन्द्र प्रसाद ढकाल, श्री सुहृदराज घिमिरे, श्री पवन कुमार भिमसरिया र सर्वसाधारण शेयरधनीको तर्फबाट श्री सुदर्शन कृष्ण श्रेष्ठ, श्री सुमन पोखरेल, श्री सुरज कुमार श्रेष्ठलाई संचालकमा निर्विरोधरुपमा निर्वाचित गरेको छ ।

उक्त सभाले आ.व. २०७२÷०७३ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १५.७६ प्रतिशत बोनस शेयर (लाभांश) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताब पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु.७ अर्ब २४ करोड २६ लाख ६१ हजार ४ सय ३२ रुपैयाँ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
८७ अर्ब निक्षेप, ७२ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ९४ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्