२६ जेठ २०८३, मंगलबार

सर्बियामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार

सर्बियामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार

काठमाडौं –अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४१ औँ सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रवद्र्धन सामग्री हस्तान्तरण गरिएको सम्मेलनमा सहभागी सांसद इन्दुकुमारी शर्माले जानकारी दिइन्।

आइपीयूमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सङ्घीय संसद्को प्रतिनिधिमण्डल बेलग्रेडमा छ । सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यले नेपाल भ्रमणका लागि सहभागीलाई निम्ता गरेका थिए।

प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी छन्। यसैगरी संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललगायत पनि प्रतिनिधिमण्डलमा सहभागी छन्। 

सम्मेलनमा नेपाललगायत १७१ राष्ट्रका सांसद सहभागी छन् । सम्मेलन असोज ३० गतेसम्म चल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्