
काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले दशैंतिहार, छठ तथा नेपाल सम्वतका अवसरमा बुधवार चियापान कार्यक्रम आयोजना गर्यो ।
भृकुटीमण्डपमा आयोजित चियापानमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपीशर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेकपा शीर्ष नेताले आगन्तुकलाई स्वागत गरेका थिए ।
विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको चियापानमा नेकपा नेता/कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमलाई दुवै अध्यक्षले सम्बोधन समेत गरे ।
हेर्नुहोस्, फोटो फिचर :


























