२३ असार २०८३, मंगलबार

इन्धनको मूल्य बृद्धिको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

इन्धनको मूल्य बृद्धिको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

क्विटो – इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा करिब १० दिन अघिबाट शुरू भएको  हिंसात्मक झडपमा परी छ व्यक्तिको मृत्यु भएको छ ।

प्रदर्शनको क्रममा १ हजार ५०७ व्यक्ति घाइते भएका सरकारले मङ्गलबार जानकारी दिएको छ । 

यस प्रदर्शनको क्रममा १ हजार ३३० व्यक्ति पक्राउ परेका गृह मन्त्री मारिया पउला रोमोले बताएका छन्।      
 
गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेका थिए । जसको कारण १२३ प्रतिशतसम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो । 

यो उपाय अन्तरर्राष्ट्रिय मुद्रा कोषमा सहमति भएका सुधारमध्येको एक हो । जसले इक्वेडरलाई ४.२ अर्ब डलर क्रृण लिन मद्दत पुर्‍याउँछ । 

सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिले प्रदर्शन जारी राखेका थिए ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो आइतबार प्रदर्शन नेताहरुसंग धेरै घण्टासम्म बैठकपछि सरकारले नयाँ अनुदान योजनामा काम गर्ने दुबै पक्ष सहमत भएका थिए ।

 यस विरोध प्रदर्शनको क्रममा पक्राउ परेकामा  ५७ जना विदेशी नागरिकहरू रहेका जसमध्ये धेरैलाई २४ घण्टा भित्र रिहा गरिएको मन्त्रीले जानकारी दिएका थिए । 

प्रदर्शनपछि १ हजार ५०७ जना सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार गरेका बताइएको छ । ती मध्ये ४ सय ३५ जना प्रहरी अधिकारीहरू समेत रहेका जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्