
काठमाडौँ –गैरआवासीय नेपालीहरूको छाता संगठन एनआरएनएको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका डेनमार्क निवासी सोम सापकोटाले उम्मेदवारी फिर्ता लिएका छन् ।
शनिवारदेखि शुरू भएको गैर आवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ ।
नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भएको छ र सहमति भएपछि फिर्ता हुने क्रम पनि जारी देखिन्छ ।
सापकोटाले उम्मेदवारी फिर्ता लिएर अर्का प्रतिस्पर्धी महेशकुमार श्रेष्ठलाई समर्थन गरेको सापकोटा निकट स्रोतले लोकान्तरलाई बतायो ।