०२ असार २०८३, मंगलबार

५ हजार घुस लिने असईविरुद्ध अख्तियारले गर्यो आरोपपत्र दायर

५ हजार घुस लिने असईविरुद्ध अख्तियारले गर्यो आरोपपत्र दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी दुर्घटनासम्बन्धी विषयमा मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तविरुद्ध आज आरोपपत्र दायर गरेको छ ।

निजले मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले प्रनानी पन्तलाई घुससहित नियन्त्रणमा लिएको थियो ।

निजलाई रु पाँच हजार बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्