३१ जेठ २०८३, आइतबार

गाउनुअघि तेल पिउँछु

कात्तिक २०, २०७४
गाउनुअघि तेल पिउँछु

सेलेना गोमेज उमेरले सानै भए पनि ‘बोल्ड सङ’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका दर्शकमाझ चर्चित छिन् । उनको आनीबानीलाई मिडियाले राम्रै स्थान दिइरहेका हुन्छन् । सेलेनाका फ्यान युवा नै बढी छन् । कन्सर्टमा उनले प्रस्तुति दिइरहँदा थामिनसक्नुको हुटिङ चलिरहेको हुन्छ । सेलेनाको स्वर, प्रस्तुति र शारीरिक सुन्दरता तीनवटै पाटा चर्चित छन् । त्यसैले पनि उनी सानै उमेरमा सफल ‘स्टार’का रूपमा स्थापित भइन् । आफूले गरेको कामप्रति विश्वास र प्रेम दर्शाउने बानीका कारण पनि असफल हुन नपरेको उनी बताउँछिन् । यो खबर नयाँ पत्रिकाबाट लिएका हौं ।

आफ्नो ‘प्रोफेसन’मा सेलेना निकै सजग छिन् । उनको पहिलो कर्तव्य श्रोता–दर्शकको अपेक्षा पूरा गर्नु नै हुन्छ । कर्तव्य के हो सोचेर त्यसैअनुसार काम गर्ने उनले एक अन्तर्वार्तामा बताएकी छिन् । ‘दर्शकसामु स्टेजमा जानुअघि म जैतुनको तेल पिउँछु,’ उनले भनेकी छिन्, ‘मेरा हजारौँ दर्शकलाई रमाइलो दिनुअघि मैले आवश्यक पूर्वतयारी गर्नैपर्छ ।’

हुन त जैतुनको तेल सेलेनालाई मन पर्दैन । तर, स्वरमा निखार ल्याउन उनी तेल पिउने गर्छिन् । ‘यसको स्वाद मलाई मन पर्दैन, तर गलाका लागि निकै राम्रो हुन्छ,’ सेलेनाले भनेकी छिन्, ‘केही थोपा जैतुनको तेल पिएपछि गला सफा हुन्छ र राम्रो स्वर आउँछ ।’

सेलेनाले बरुनो मार्स, ब्रिट्नी स्पेयर्स, रिहाना र स्क्रिलेक्सलाई आफ्नो गायनको आदर्श मान्छिन् । ‘मैले पहिलोपटक नौ वर्षको छँदा संगीत कार्यक्रममा भाग लिएकी थिएँ, ब्रिट्नी स्पेयर्सको प्रस्तुति थियो,’ उनले सम्झिन्, ‘मलाई याद छ, त्यही कार्यक्रमले मेरो जीवनमा संगीतको प्रकाश भरिदिएको थियो ।’

salt training

कमेन्ट गर्नुहोस्