
काठमाडौं –एनआइसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्न सहमती भएको छ ।
सो सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रा. लि.को तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब बैंकको भीजा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्ताले समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट पाउनेछन् ।