०४ साउन २०८३, सोमबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन

कात्तिक २०, २०७४
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन
काठमाडौँ, ४ पुस - पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज युवा सङ्घ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन् ।

मूल्यवृद्धि फिर्ताको माग गर्दै सङ्घले अपराह्न बबरमहलस्थित नेपाल आयल निगम कार्यालय घेराउ तथा अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । बिनाकारण सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै फिर्ताको माग गरिएको सङ्घका अध्यक्ष पहारीले बताए ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि नभई निगमले भाउ बढाएको बताउँदै सङ्घले अविलम्ब फिर्ता नभए थप आन्दोलन गरिने चेतावनी दिए । सङ्घले मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै कार्यकारी निर्देशक गोपाल खड्कालाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

यसैगरी अनेरास्ववियुले मूल्यवृद्धिको फिर्ताको माग गर्दै अपराह्न प्रदर्शन गरेको सचिव आरसी लामिछानेले जानकारी दिए । निगमले आइतबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा भाउ बढाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्