काठमाडौं, २१ चैत - हिन्दूहरुको महान चाड बडा दशैं जस्तै चैते दशैंलाई पनि नेपालमा मनाइने गर्छ । यही दशैंको माहोल बुझाउने खालका विभिन्न गीत हामीले सुन्दै आएका छौं ।

लोकगायक विमलराज क्षेत्रीले गाएको चैते दशैं मेलैमा गीत चैते दशैंमा मात्र होइन, अरु बेलामा पनि गाउने र सुन्ने गरिन्छ । आज चैते दशैंका दिन यी गीत सुन्दा तपाईलाई अझ रमाइलो लाग्न सक्छ । सुन्नुस् यी गीतः
चैते दशैंमा बाग्लुङमा हुने मेलाले पनि विशेष महत्व राख्छ । चैते दशैंका दिन लाग्ने मेलामा विभिन्न युवायुवती समेत आउने भएकाले प्रेमका गीतहरू पनि गाइने गरिन्छ ।