२३ जेठ २०८३, शनिबार

एक दर्जन बच्चाको आमा बन्छु भन्ने को हुन् यी नायिका ?

कात्तिक २०, २०७४
एक दर्जन बच्चाको आमा बन्छु भन्ने को हुन् यी नायिका ?
काठमाडौं, २२ चैत  - बलिउडकी अविवाहित नायिका दीपिका पादुकोणले आफू बच्चा जन्माउनको लागि लालायित भएको बताएकी छन् । उनलाई विवाह नगर्दै बच्चा जन्माउन मन लागेको हो । उनले थोरै होइन, एक दर्जन बच्चा जन्माउन चाहेको बताएकी छन् ।

हालै एक अन्तरवार्तामा उनले यस्तो बताइन् । अन्तरवार्ताको क्रममा एक फ्यानले उनलाई लेखेको पत्र पढेर सुनाइएको थियो । पत्रमा सोधिएको थियो, ‘तपाईंलाई यतिबेला सबैभन्दा बेसी गर्न मन लागेको काम के हो ?

दीपिका केहीबेर सोचमग्न भइन् । अनि जवाफ दिइन्, ‘म बच्चा जन्माउन चाहन्छु । म एक दर्जन बच्चाकी आमा बन्न चाहन्छु ।’

यसअघि दीपिकाले एक अन्तरवार्तामा हलिउड अभिनेता विन डिजलको बच्चाको आमा बन्ने चाहना व्यक्त गरेकी थिइन् । सो अन्तरवार्ताले बलिउडमा चर्चा पाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्