१७ असार २०८३, बुधबार

विद्यालयको कम्प्युटर चोरी

कात्तिक १, २०७६
विद्यालयको कम्प्युटर चोरी
प्रतिकात्मक तस्वीर

महोत्तरी – जिल्लाको बर्दिवास नगरपालिका–९ स्थित एक विद्यालयबाट बिहीवार राति कम्प्युटर चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार बर्दिवास–९ स्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुलाबाट १५ थान कम्प्युटर, १ थान प्रोजेक्टर र ३ थान राउटर चोरी भएको हो । 

बन्द रहेको विद्यालयको ताल्चा फुटाई लाखौं मूल्य पर्ने कम्प्युटरलगायत सामान चारी भएको अधिकारीले बताए । चोरीमा संलग्न व्यक्तिको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्