
काठमाडौं- गुण्डा नाइके 'बाघे' भनिने सुकबहादुर लामा पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले उनलाई पक्राउ गरिएको लोकान्तरलाई जानकारी दिए ।
एसएसपी थापाले भने, 'गिट्टी बालुवा तथा रोडाहरू दिनुपर्ने परिमाणमा नदिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई ठगी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।'
उनलाई प्रहरीले काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको हो ।