कैलाली, २२ चैत– निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट दिन पाउने भएका छन् ।
प्रदेश नं ७ मा ६ लाख ७३ हजार ३२१ महिला, ५ लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिङ्गी रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
जनचेतनाको अभाव र सर्वसाधारणको लापर्बाहीले गर्दा धेरै मतदाता अधिकारबाट वञ्चित हुनेसमेत देखिएको आयोगले जनाएको छ ।
७ नम्बर प्रदेशमा सबैभन्दा बढी कैलालीमा १ लाख ९८ हजार ८ ८७ पुरुष, दुई लाख पाँच हजार ३ ८६ महिला र सात तेस्रोलिङ्गी गरी जम्मा ४ लाख ३ हजार २८० जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
कञ्चनपुरमा १ लाख १५ हजार ४ सय २२ पुरुष, एक लाख २० हजार ३ सय १२ महिला र १ तेस्रोलिङ्गी गरी २ लाख ३५ हजार ७३६ जना मतदाता पुगेका छन् । यस्तै डडेल्धुरामा ३७ हजार २५४ पुरुष र ३८ हजार ५२६ महिला गरी जम्मा ७५ हजार ७८० जना मतदाता पुगेका छन् ।
बैतडीमा ६० हजार २२७ पुरुष, ६४ हजार ५९६ महिला र एक तेस्रोलिङ्गी गरी १ लाख २४ हजार ८२४ जना, डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार ७८९ महिला गरी एक लाख ८८७, दार्चुलामा ३६ हजार ६४१ पुरुष र ३६ हजार २६५ महिला गरी ७२ हजार ९०६ जना, अछाममा ६० हजार ४४१ पुरुष र ६७ हजार २९९ महिला र दुई तेस्रोलिङ्गी गरी जम्मा एक लाख २७ हजार ७२४ जना, बझाङमा ४७ हजार ८८८ पुरुष ४९ हजार ७२१ महिला र एक तेस्रोलिङ्गी गरी ९७ हजार ६१० जना र बाजुरामा ३२ हजार ५२१ पुरुष, ३२ हजार ४२७ महिला र दुई तेस्रोलिङ्गी गरी ६४ हजार ९५० जनाले निर्वाचनमा मतदान गर्न पाउने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।