२७ असार २०८३, शनिबार

कार्यकर्तालाई डा. शेखर कोइरालाको आह्वान : सत्यको बाटो नछाड्नुस् !

कात्तिक १, २०७६
कार्यकर्तालाई डा. शेखर कोइरालाको आह्वान : सत्यको बाटो नछाड्नुस् !

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जतिसुकै कठिन परिस्थिति आएपनि सत्यको बाटो नछोड्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

आफू सत्यको बाटोमा हिँडिरहेको बताउँदै डा. कोइरालाले भने, ‘जस्तोसुकै अप्ठ्यारो अवस्था आएपनि सत्मार्गको बाटो छाड्दिनँ र १ इन्च पनि डगमगाउने छैन । यही सत्यको मार्ग नै मेरो राजनीतिको लक्ष्य हो ।’

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ (ख) ले विराटनगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. कोइरालाले सरकारले नै सहकार्य र सहमतिको बाटो बन्द गरेकाले मुलुक जटिलतातर्फ धकेलिएको बताए । ‘राष्ट्रियता र लोकतन्त्र बलियो बनाउने कार्यका लागि कांग्रेसले सहकार्य र सहमतिको ढोका सधै खुला राखेको छ,’ उनले भने ।

कार्यक्रममा १ नम्बर प्रदेशका अर्थमन्त्री ईन्द्र आङ्बो, प्रदेशका प्रहरी प्रमुख ठाकुर ज्ञवाली, अन्य राजनीतिक दलका नेता लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्