
काठमाडौं – सरकारले पाँच सीडीओको सरुवा गरेको छ । गृह मन्त्रालयले उनीहरूको सरुवा गरेको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रामकुमार कुरुम्वाङलाई स्याङ्जा सरुवा गरिएको छ । गृहले कोसहरी निरौलालाई स्याङ्जाबाट गुल्मी सरुवा गरेको छ ।
गुल्मीका प्रजिअ यादुनाथ पौडेललाई दार्चुला पठाएको छ । दार्चुलाका प्रजिअ शंकरबहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चनौटा कपिलवस्तु सरुवा गरिएको छ । प्रेमलाल लामिछानेलाई इप्रका चनौटाबाट बर्दियाको प्रजिअ बनाइएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।