०५ असार २०८३, शुक्रबार

दशैं अवधिभर २ सय ३७ सवारीसाधन कारवाहीमा

कात्तिक २, २०७६
दशैं अवधिभर २ सय ३७ सवारीसाधन कारवाहीमा
फाइल फोटो

हेटौंडा – जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैं अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने २३७ सवारीसाधनलाई कारवाही गरेको छ । 

दशैंको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, कागजपत्र नहुने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःख दिनेलगायतका कारणले सवारीसाधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले कारवाहीमार्फत २ लाख ३७ हजार रुपैयाँ राजस्वसमेत संकलन गरेको छ । 

प्रहरीले कारवाही गरेका सवारी साधनमध्ये ९ सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएकामा कारवाही गरिएको हो । दशैंको समयमा हेटौंडामा फरक–फरक स्थानमा भएका २ दुर्घटनामा २ जनाको मृत्यु भएको बताइएको छ ।

भैरवडाँडामा ट्रयाक्टर दुर्घटना र जिल्ला प्रहरी कार्यालय अगाडि भएको मोटरसाइकल दुर्घटनामा १/१ गरी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्