२४ जेठ २०८३, आइतबार

४८ घण्टासम्म सुत्केरी बेथा, मुगु पुगेका डाक्टरले बचाए

कात्तिक २०, २०७४
४८ घण्टासम्म सुत्केरी बेथा, मुगु पुगेका डाक्टरले बचाए
मुगु, चैत २२ - सुत्केरी व्यथा लागेको २ दिन सम्म पनि बच्चा नजन्मीदा शोभा गाउँकी ४६ बर्षीय अशौजी बुढाको अर्पेशन गरेर आमा तथा बच्चाको ज्यान बचाइएको छ ।

सामान्य ८ देखी १२ घण्टामा बच्चा जन्मीनु पर्नेमा ४८ घण्टा सम्म लामो ब्यथाका कारण बुढाको अर्पेशन गर्नु परेको हो ।

लामो व्यथाका कारण घरमा सुत्केरी हुन नसकेर अस्पताल ल्याउनु परेको हो । अशौजीका श्रीमान राज बहादुर बुढाले बताए । श्रीमती र बच्चाको स्वास्थ्य राम्रो हुदै गएपछि ऐले उनि खुसी छन ।

सामान्य अवस्थामा महिलाले ३५ बर्ष भन्दा माथी बच्चा जन्माउदा जोखीम मानीने भएपनि उन्को ढल्केको उम्मेर धेरै बच्चा जन्मायको कारण अवस्था जटील रहेको चिकीत्सक हरुको भनाइ छ १० सन्तान जन्मायकी अशौजी संग ६ छोरा र २ छोरी जिवित छन ।

शरीरमा रगतको मात्रा कमी लामो ब्यथा १० सन्तानकी आमा ४६ पुगेको उम्मेर ठूलो जोखीमलाइ सामना गर्दै अर्पेशन गरी आमा र बच्चाको ज्यान बचाउँन सफल भएको डा.जितेन्द्र कडेलले लोकान्तरलाइ जानकारी गराए ।
डा.कडेल मुगु अस्पताल आएको १ महिना नपुग्दै ४ महिलाको (सिएस) अर्र्पेशन, इक्टोपीक १, भ्याकुम १, बच्चाको हर्डोशील र हर्निया १–१ गरी ८ जनाको अर्पेशन गरीसकेका छन ।

जिल्लामा सामान्य देखी (एपेन्डीसाइटीस) सम्मको अर्पेशन आफुले गर्न सक्ने भएतापनि रगतको अभाव (ब्लडब्याङ्क) नहुदा समस्या भएको डा.कडेलको भनाइ छ ।

जिल्ला को १ मात्र १५ सैयाको अस्पतालमा स्थायी र अस्थायी गरी ७ जना डाक्टर हाल कार्यरत छन ।
ग्रामिण भेग तिर स्वास्थ्य क्षेत्रमा अझै बिकराल अवस्था भएपनि जिल्ला अस्पतालमा स्वास्थ्य सेवामा सुधार हुदै आएको सर्वसधारण नागरीक हरुको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्