२६ जेठ २०८३, मंगलबार

देउवाले फेरे बोली

कात्तिक ३, २०७६
देउवाले फेरे बोली

काठमाडौं –कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मुद्दामा निष्पक्ष अनुसन्धान गर्न पार्टीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको बचाउमा उत्रिएका देउवा भोलिपल्टै विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका हुन् । 

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए । १२ वर्षअघिको मुद्दा ब्युँताएर सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र गरेको भन्दै आलमको बचाउमा अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भएको थियो । शनिबार विज्ञप्ति निकालेर देउवाले अघिल्लो दिनको आफ्नो अभिव्यक्ति सच्याएका हुन् । ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’

देउवाले विज्ञप्तिमा कानुनी राज्यमा विश्वास गर्ने पार्टीले जरुरी अनुसन्धानको विपक्षीमा उभिन नसक्ने प्रस्ट पारेका छन् । ‘मोहम्मद आफताव आलममाथिको मुद्दामा पूर्वाग्रह र दबाबबाट मुक्त रहेर अनुसन्धान गर्ने कार्यमा कांग्रेसको सहयोग रहन्छ,’ देउवाले भनेका छन्, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रस्ट मान्यता म सार्वजनिक रूपले प्रस्ट्याउन चाहन्छु ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्