३० जेठ २०८३, शनिबार

विजय गच्छदारको फोरम र शिवलालको जनमुक्ति पार्टीबीच एकता

कात्तिक २०, २०७४
विजय गच्छदारको फोरम र शिवलालको जनमुक्ति पार्टीबीच एकता

काठमाडौं, २२ चैत– विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय शिवलाल थापा नेतृत्व जनमुक्ति पार्टी लोकतान्त्रिकबीच एकता हुने भएको छ ।

चुनावको तयारीसँग गच्छदार र थापा नेतृत्वको पार्टीबीच एकता हुन लागेको हो । यद्यपी एकता पनि बन्ने पार्टीको नाम तथा पद बाँडफँडबारे टुंगो लाग्न सकेको छैन ।

पार्टी एकीकरणपछि गच्छदार अध्यक्ष बन्ने लगभग टुंगो लागिसकेको छ । तर, त्यसपछिको बरियताको विषयमा भने केही विवाद रहेको जनाइएको छ ।

हालै पारित भएको राजनीतिक दल सम्बन्धी ऐनमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिएपछि साना दलहरुबीच एकताको लहर चलेको हो ।

salt training

कमेन्ट गर्नुहोस्