०९ साउन २०८३, शनिबार

सुत्केरी भत्ता वितरण शुरू

कात्तिक ३, २०७६
सुत्केरी भत्ता वितरण शुरू

तुलसीपुर – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरू गरेको छ । 

सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए।

पहिलो दिन प्रतिष्ठानबाट सेवा लिएकी लमही निवासी प्रेक्षा न्यौपानेलाई भत्ता वितरण गरिएको हो । प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल, अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीले संयुक्तरुपमा सुत्केरी भत्ता वितरण गरेका हुन्  ।

आमा र बच्चाको स्वास्थ्य सुधारका लागि सुत्केरी भत्ता दिने गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट रु दुई करोड बजेट निकासा भएपछि प्रत्येक सुत्केरीलाई रु एक हजार ८०० भत्ता वितरण गर्ने गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्