
दाङ- रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।
शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो ।
दशैंको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि मलेसियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए । केसी डीएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महिनाअघि मात्रै मलेसिया गएका केसीको शव सोमवार नेपाल ल्याउने तयारी भएको उनले जानकारी दिए ।