२३ जेठ २०८३, शनिबार

माओवादी नै देश र जनताको भरोसायोग्य शक्तिः प्रचण्ड

कात्तिक २०, २०७४
माओवादी नै देश र जनताको भरोसायोग्य शक्तिः प्रचण्ड
चैत्र २२, काठमाडौं - प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउँदै स्थानीय निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हुने बताउनु भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा मंगलवार दिउसो आदिवासी जनजाति राष्ट्रिय महासंघ, नेपाल ३ नं प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले जनयुद्धकालदेखि उठाउँदै आएका संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशिता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डाहरु नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने बताएका हुन् ।

संघीयताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धी जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्नेमा जोड दिए । परिवर्तनका एजेण्डा खोस्न चाहनेहरुले मात्र निर्वाचन नचाहने भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीहरुलाई एकतावद्ध भएर निर्वाचनमा होमिन आग्रह गरे ।

आफू नेतृत्वको सरकारले लोडसेडिङ हटाउने, ठूला आयोजनाहरु छिटो सम्पन्न गर्न पहल गर्ने, हुलाकी मार्ग र फाष्ट ट्याक निर्माण सुरु गर्ने, विदेशसँग सन्तुलित सम्बन्ध विकास गर्ने, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गर्ने लगायतका कैयौ उपलब्धी हासिल गरेको बताउँदै प्रचण्डले माओवादी नै यो देश र जनताको भरोसायोग्य शक्ति हो भन्ने पुष्टि भइसकेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्