२३ जेठ २०८३, शनिबार

पत्रकारमाथि गाली बेइज्जतीप्रति महासंघको आपत्ति

कात्तिक ४, २०७६
पत्रकारमाथि गाली बेइज्जतीप्रति महासंघको आपत्ति

काठमाडौं– नेपाल पत्रकार महासंघले महासंघका अछाम शाखा सहसचिव तथा कान्तिपुर दैनिकका संवाददाता मेनका ढुंगानालाई समाचारको विषयलाई लिएर अपशब्द प्रयोग गर्दै सार्वजनिकरूपमा गालीबेइज्जती गरेको घटनाप्रति आपत्ति जनाएको छ । 

स्थानीय दुई विद्यालयको भवन निर्माणका लागि चौरपाटी गाउँपालिकाले खोलेको बोलपत्रका कागजात च्यातिएको विषयमा उक्त पत्रिकामा समाचार प्रकाशित भएपछि कागजात च्यात्ने बम धामी भन्ने व्यक्तिले पत्रकार ढुङ्गानालाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गरेका थिए । 
    
महासंघले जारी गरेको विज्ञप्तिमा प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे कानूनी उपचारका अन्य विकल्प हुँदाहुँदै पत्रकारलाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गर्नु  निन्दनीय  हुनाका साथै व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आघात पुग्ने जनाएको छ ।

सो घटनाको निन्दा गर्दै त्यसमा संलग्न व्यक्तिमाथि  कानूनी कारवाही गर्न र यस्ता कार्य नदोरिनेतर्फ ध्यान दिन महासंघले सम्बन्धित निकायसँग मागसमेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्