
काठमाडौं – जुवातास खेलेको आरोप लागेका दुई मानिसलाई इन्डोनेसियाको आचेह प्रान्तमा सार्वजनिक रूपमा कोर्रा हानिएको छ । उक्त प्रान्तमा रक्सी पिउने, विवाहअघि यौनसम्बन्ध राख्ने र समलिंगी सम्बन्ध राख्नेलाई कोर्रा हान्ने गरिएको छ ।
बन्दा आचेहमा सेतो लुगा लगाएका मानिसहरूलाई बाँसको कोर्रा प्रहार गरिएको थियो ।
कोर्रा खाने मानिसहरूलाई हेर्ने भीडले घटनाको तस्वीर र भिडियो खिचेका थिए ।
५० वर्षजतिको देखिने एक पुरुषले हात बाँधेर अघिल्तिर घुरेर हेरेको अनि शरिया प्रहरीले उसको ढाडमा कोर्रा बर्साएको देखिन्छ ।

यी दुईजनाले कोर्रा खाने गरी गरेको अपराधको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
तर सुमात्रा टापुमा रहेको आचेहमा परम्परावादी कानून छ र त्यहाँ कोर्रा लगाउने काम भइरहेको हुन्छ ।
एजेन्सी