
काठमाडौं– 'ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिएका गायक दुर्गेश थापा पक्राउ परेका छन् ।
थापालाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकूल थापाले लोकान्तरलाई जानकारी दिए ।
तिहारलाई लक्षित गरी उनले गाएको उक्त गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रूपमा विवादमा तानिएको छ ।
तिहारको बेला बीयर खाने प्रचार गरेका कारण उनी सामाजिक तथा सांस्कृतिक रूपमा समेत आलोचित बनेका छन् ।
तिहारको गीतमा दुर्गेशले गाएका छन् –
डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज !
कानूनी रूपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।