०७ साउन २०८३, बिहीबार

बैतडीमा सडक खन्दा अमानवीय हर्कत : विरोध गर्दा डोजरले आक्रमण, चालक प्रहरी नियन्त्रणमा !

कात्तिक ५, २०७६
बैतडीमा सडक खन्दा अमानवीय हर्कत : विरोध गर्दा डोजरले आक्रमण, चालक प्रहरी नियन्त्रणमा !

काठमाडौं – बैतडीमा सडक खन्ने क्रममा डोजरले महिलामाथि आक्रमण गर्ने चालक किशोर बोहरा पक्राउ परेका छन् ।

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकस्थित आफ्नो खेतमा सडक खन्ने क्रममा अवरोध गर्ने महिला गौरी जोशीलाई डोजरले हिर्काउने चालक बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

डोजरले महिलालाई हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले डोजर चालकमाथि कारवाहीको माग गरिरहेका छन् ।

डोजर चालक बोहरालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बैतडीमा राखिएको डीएसपी डिल्लीनारायण पाण्डेयले बताए ।

उनका अनुसार घटनामा घाइते भएका जोशीसहित ७ जनाको कैलाली र बैतडीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सडक खन्ने उपभोक्ता समिति पक्षका ५ जना र रोक्न खोज्ने जग्गाधनी पक्षका २ जना घाइते भएका डीएसपी पाण्डेयले बताए । सडक खन्न अवरोध गर्ने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा डोजर चालकले अमानवीय ढंगले आक्रमण गरेर देखिन्छ ।

हेर्नुहोस्, भिडियो : (सौजन्य : एभीन्यूज टेलिभिजन)

salt training

कमेन्ट गर्नुहोस्