काठमाडौं – बलिउड अभिनेताहरू रणवीर कपूर र आलिया भट्टले सार्वजनिक रूपमा प्रेम अभिव्यक्त गरेदेखि बिहेको खबर बाक्लै आउने गरेका छन् ।
अहिले यी दुईको बिहे सन् २०२० को जनवरी २२ मा हुने चर्चा चलेको छ ।
यसबारेमा आलियालाई सोध्दा उनको प्रतिक्रिया बेग्लै थियो । केही दिनअघि मुम्बई एयरपोर्टमा एक रिपोर्टरले उनलाई यसबारेमा सोधे ।
“म्याम, एउटा खबर पाइएको छ, कन्फर्म हो ? २२ जनवरी २०२० ?” रिपोर्टरको प्रश्न थियो ।
आलियाले हाँस्दै भनिन्, “के भनौं ?”
आलियाले केही नभनेपनि उनको मुस्कानले धेरै कुरा भनिदियो ।
.@aliaa08 seemed in quite the chirpy mood as she interacted with the paps at the Mumbai airport. pic.twitter.com/8nHlh09gQZ
— Filmfare (@filmfare) October 22, 2019
अहिले सामाजिक सञ्जालमा आलिया र रणवीर कपूरको बिहेको कार्ड भाइल भइरहेको छ । सन् २०२० को जनवरी २२ मा राजस्थानको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा उनीहरूले बिहे गर्ने कुरा त्यसमा लेखिएको छ । तर त्यो कार्ड झूटो हो ।
रणवीर र आलिया ब्रह्मास्त्र नामक फिल्ममा एकसाथ देखिँदैछन् । आलियाका अन्य फिल्म तख्त, सडक २ र आरआरआर हुन् ।
एजेन्सी