१७ असार २०८३, बुधबार

सीमा नाकाबाट पटाका भित्रिँदै

कात्तिक ५, २०७६
सीमा नाकाबाट पटाका भित्रिँदै
फाइल फोटो

वीरगञ्ज – हिन्दूहरूको महान् चाड दशैं सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरूले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् । 

नेपाल–भारतबीच रहेको खुला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन् ।

तस्करहरूले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वा लगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफनो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको छ ।

कयारियरवालाले भारतको रक्सौल लगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैया लगायतका नेपाली बजारसम्म पुर्‍याएरबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौंसम्म पुर्‍याएबापत अधिकतम २०० सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा राससलाई बताएका छन् ।

ती कयारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न समान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थको रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीहरूले भेटाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । 

खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टागाजस्ता गाडीमा पटका लुकाइछिपाई ल्याउने गरेको देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्