०१ असार २०८३, सोमबार

वार्ताका लागि विप्लवले राखे यस्ता ४ सर्त

कात्तिक ६, २०७६
वार्ताका लागि विप्लवले राखे यस्ता ४ सर्त

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि ४ सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवको सर्तमाथि शंका गरेको छ । 
चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमान्दारिताका साथ बिनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्ने जनाएको हो । 
विप्लवका सर्तः
सरकारले इमान्दारिता देखाउनुपर्ने,
प्रतिबन्ध हटाउनुपर्ने,
आफ्ना गिरफ्तार नेताहरुलाई छाड्नुपर्ने,
बिनासर्त वार्ता हुनुपर्ने

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने शंका व्यक्त गर्दै भनेका छन्– विप्लवको विज्ञप्तिका सन्दर्भमा पार्टीभित्र औपचारिक छलफल भएको छैन । तर, वार्ताका सन्दर्भमा राखिएका सर्तसँग सरकार सशंकित देखिन्छ । वार्ता पनि भन्ने आफ्ना नेता कार्यकर्ता मात्रै छुटाउने र शक्ति सञ्चय गर्ने हो कि भन्ने विषयमा सरकार सशंकित छ ।’ राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्