चैत ११, २०७९
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय),...
जनकपुरधाम –जनकपुरको मुजेलियामा बुधवार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ ।
जनकपुरधाम वडा नम्बर १४ विद्युत प्राधिकरण नजिकै पेट्रोल पम्प व्यवसायी मनोज साहको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले लोकान्तरलाई जानकारी दिएको हो ।
प्रहरीका अनुसार, गोली प्रहारबाट घाइते उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृतक साहले स्थानीय पंकज चौधरीलाई पैसा दिएका थिए । सोही पैसा लिन गएका साहलाई चौधरीले गोली हानेका हुन् । मृतक साहको छातीमा दुई वटा गोली लागेको छ ।
घटनाका प्रत्यक्षदर्शी अमित कुमार साहका अनुसार, वडा नम्बर १४ भुजेलीमा मनोज पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा पंकजले उनलाई गोली हानेका हुन् ।
अमित र मनाेज साथी हुन् । दुवैजना पंकजकाे घरमा पैसा माग्न गएका थिए । साेही समयमा मनाेजलाई गोली हानिएकाे हाे । घटनालगत्तै अमितले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार, जनकपुरधाम वडा नम्बर १५ का वडाध्यक्ष अशोक चौधरीको आफ्नै भतिजा भएको खुल्न आएको छ । उनले स्थानीय स्तरमा नै ठेक्कापट्टा गर्दै आएका छन् ।
उनको पैतृक घर जनकपुरको वडा नम्बर १५ रामपुर गाउँमा रहेको छ । केही वर्षअघि उनले वडा नम्बर १४ मुजेलियामा पनि घर किनेर बस्दै आएका थिए ।
उनका परिवारले अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन् । जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहलेले लोकान्तरसँग बोल्दै अपराधीलाई कडा कारबाही गर्नुपर्ने जनाएका छन् ।
मृतकको शव परिक्षणका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । मेयर साह अस्पतालमा नै पुगी घटनाबारे बुझेका थिए ।
घटनापछि छिमेकीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले चौधरीलाई पक्राउ गरेकाे छ । पक्राउ परेका चौधरीको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि यहाँका स्थानीयहरू त्रसित बनेका छन् । मानिसहरूले घरभित्रै हतियार राखेको हुन सक्ने र जुनसुकै समयमा जसलाई पनि हान्न सक्ने भन्दै स्थानीय त्रसित भएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय),...
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रालिमा गएको यातायात व्यवसायीलाई संघ/समितिमै फर्काउनुपर्ने बताएका छन्। यातायात व्यवसायी संघ/संस्थालाई प्राइभेट कम्पनीमा लैजानु गलत रहेको खाँणले टिप्प...
बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्के...
प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गरेका छन्। नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरूले गरेको अनवरत संघर्षक...
कोशी प्रदेश नामकरणको विरोधमा मृत्यु भएका पदम लिम्बू घटनाको छानबिन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ। गत चैत ५ गते भएको घटनामा लिम्बूको मृत्यु भएको थियो। प्रधानमन्त्री पुष्पक...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन् । निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारे...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...