२७ असार २०८३, शनिबार

दक्षिण कोरियाका भवन भत्काउन किमले दिए आदेश

कात्तिक ६, २०७६
दक्षिण कोरियाका भवन भत्काउन किमले दिए आदेश

काठमाडौं – उत्तर कोरियाका शासक किम जोङ–उनले माउन्ट कुमगाङ रिजोर्टमा रहेका दक्षिण कोरियाली भवनहरू भत्काउन आदेश दिएका छन् । ती भवनहरू अन्तरकोरियाली सहकार्यका दुर्लभ प्रतीक हुन् । 

भवनहरू कुरूप देखिएको भन्दै त्यसको साटो उत्तरले बनाएको आधुनिक भवन ठडिनुपर्ने उनको भनाइ छ ।

पूर्वी तटमा रहेको रिजोर्टलाई दुई कोरियाको साझा सम्पत्ति भनिनु गल्ती भएको किमको भनाइ रहेको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले लेखेको छ । उक्त रिजोर्ट उत्तर कोरियाको भूमिमा रहेकाले दुई देशको सम्पत्ति भन्न नमिल्ने किमको तर्क छ । 

‘हामीले रगत बगाएर माउन्ट कुमगाङलाई आफ्नो भूमि बनाएका हौं र त्यहाँको एटा ढिस्को र रुखसमेत हाम्रो सार्वभौमसत्ता र मर्यादासँग जोडिएको छ,’ किमले यसै साता रिजोर्टको भ्रमणका क्रममा बताएको केसीएनएको रिपोर्ट छ ।

दक्षिण कोरियाले त्यहाँ बनाएको भवन निर्माणाधीन भवन जस्र्त अनाकर्षक रहेको उनले बताए ।

समाचार संस्थाले थप्यो, ‘किमले दक्षिण कोरियासँग सहमति गरेर दक्षिणतर्फको सबै अनाकर्षक भवनहरू हटाउन र माउन्ट कुमगाङको प्राकृतिक दृश्यअनुकूल हुने नयाँ भवन बनाउन निर्देशन दिनुभएको छ ।’

दक्षिण कोरियालीहरूले सन् १९९८ देखि माउन्ट कुमगाङ भ्रमण गर्न थालेका थिए तर सन् २००८ मा त्यसलाई बन्द गरेका थिए किनकि त्यतिखेर उत्तर कोरियाका एक सैनिकले दक्षिणकी महिला पर्यटकलाई सैन्य क्षेत्रमा आएको भन्दै गोली हानेर मारेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्