०६ असार २०८३, शनिबार

साँढेले सुनको गरगहना निलेपछि गोब्य्राओस् भन्दै बेस्सरी चारा खुवाइँदै

कात्तिक ६, २०७६
साँढेले सुनको गरगहना निलेपछि गोब्य्राओस् भन्दै बेस्सरी चारा खुवाइँदै

काठमाडौं – भारतको हरियाणास्थित कालानवाली गाउँमा एक परिवार साँढेले कतिबेला गोब्य्राउला भनी प्रतीक्षा गरिरहेको छ । साँढेले लगभग ४० ग्राम सुनको गरगहना निलेकाले गोब्य्राउने प्रतीक्षा भइरहेको हो ।

परिवारले साँढेलाई विगत तीन दिनदेखि चारा खुवाइरहेका छन् । ‘हामीहरू सुन लिनका लागि गोबर हेरिरहेका छौं । यो फोहरी काम हो तर कुनै अर्को विकल्प पनि त छैन,’ जनक राजले बताए । 

जनककी पत्नी र बुहारीको गरगहना साँढेले निलेको हो । 

जनक व्यापारी हुन् र उनकी पत्नी र बुहारी एउटा विवाह समारोहमा सहभागी भएर फर्किएपछि गरगहना भान्सामा एक कचौरामा राखे । ‘मेरी बूढी आमाले त्यही कचौरमा तरकारी काट्नुभयो र बाँकी रहेको फोहर फालिदिनुभयो,’ उनले बताए । 

आमाले कचौरामा बाँकी रहेका टुक्राटाक्री घरबाहिर खाएपछि बाहिर रहेको साँढेले खाइदिएको थियो । आमाले कानको रिङ भुइँमा देखेपछि घरभित्र ल्याएको जनकले बताए । 

त्यसपछि साँढे अन्तै गयो । परिवारका सदस्यहरूले साँढेले गहना निलेको थाहा पाएपछि त्यसलाई खोज्न यताउता दौडिए । सीसीटीभी हेरेर उनीहरूले साँढे चिने अनि त्यसलाई पाँच घन्टामा खोजिछाडे । अहिले उनीहरूले साँढेलाई घरनजिकको खाली जग्गामा बाँधेर राखेका छन् र त्यसलाई चारा खुवाउँदै गोबर जाँचेर बसेका छन् । 

सुनका लागि साँढेलाई कसैले मारिदेला भन्ने डर पालेर उनीहरूले गोठ भएको आफन्तकहाँ साँढे पठाउने योजना बनाएका छन् । 

पशुचिकित्सक रविन्दर शर्माले साँढेलाई पशु चिकित्सालय लगेर एक्सरे गराउने सल्लाह दिएमा छन् । त्यसपछि शल्यक्रिया गरेर गरगहना निकाल्न सकिने उनको भनाइ छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्