१० असार २०८३, बुधबार

खारेजीमा परेका म्यानपावर कम्पनीले पनि कामदार विदेश पठाउने गरेको भेटियो

कात्तिक ८, २०७६
खारेजीमा परेका म्यानपावर कम्पनीले पनि कामदार विदेश पठाउने गरेको भेटियो

काठमाडौँ। वैदेशिक रोजगार विभागले खारेजीमा परेर पनि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विदेश जाने युवासँग राहादानी र पैसा लिएका वैदेशिक रोजगार कम्पनी (म्यानपावर)लाई कारबाही गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्थाबमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका कम्पनीले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको भेटेपछि विभागले कारबाही गरेको हो ।
यसरी विभागको कारबाहीमा पर्नेमा काठमाडौँको चप्पल कारखानास्थित सिलिङ्क ओभरसिज सर्भिस प्राइभेट लिमिटेड रहेको छ । विभागको टोलीले अनुगमनका क्रममा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेपछि उक्त कम्पनीको कार्यालयमा सिलबन्दी गरेको छ ।
विभागले गएको भदौ २९ मा सूचना प्रकाशित गरी दिएको निर्देशनविपरीत सिलिङ्क ओभरसिजले विभागको निर्देशन नमानेपछि काठमाडौँ महानगरपालिका–४, चप्पल कारखानामा रहेको सिलिङ्क ओभरसिज सर्भिस प्राइभेट लिमिटेडको इजाजतपत्र स्वतः रद्द भएको थियो तर उक्त कम्पनीले हालसम्म पनि सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाई पाउँ भनी निमिका शेर्पासमेत सात जनाले दिएको उजुरीका सम्बन्धमा विभागले आकस्मिक अनुगमन टोली खटाएको थियो । 
अनुगमन टोली आएको थाहा पाएपछि संस्थाका सञ्चालक अनिश सुन्दास सम्पर्कविहीन भएको र संस्थामा भएको विभिन्न व्यक्तिको राहदानी र कागजपत्र सुरक्षित गर्नका लागि कार्यालयमा सिलबन्दी गरिएको विभागले जनाएको छ ।
गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्