१६ असार २०८३, मंगलबार

सूर्योदय नगरपालिकामा बन्ने भयो ‘टी टेस्टिङ सेन्टर’

कात्तिक ८, २०७६
सूर्योदय नगरपालिकामा बन्ने भयो ‘टी टेस्टिङ सेन्टर’
फाइल फोटो

इलाम – चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ ।

सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो । 

यसअघि प्रदेश १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भएपनि सूर्योदय नगरपालिकाले समेत साझेदारीमा सेन्टर निर्माणका लागि रकम विनियोजन गर्ने भएको छ ।

चिया परीक्षण केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमै खर्च गर्ने गरी प्रदेश सरकारबाट ५ करोड विनियोजन भएको छ ।

बजेटको २० प्रतिशतले हुन आउने रकम अर्थात् एक करोड रुपैयाँ सूर्योदय नगरपालिकाले खर्च गर्ने र साझेदारीमा चिया परीक्षण केन्द्र खोल्ने गरी निर्णय भएको होे । नगरपालिकाले तयार गरेको डिजाइन इस्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम २६ करोडभन्दा बढी छ ।

देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवद्र्धन गर्न सकिने बताइएको छ ।

सूर्योदय नगरपालिकाभित्र ६३ वटाभन्दा बढी सानाठूला चिया प्रशोधन उद्योग रहेका छन् । त्यसैले यस नगरपालिकालाई अर्थोडक्स चियाको राजधानीका रूपमा मानिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्