
बाँके – जिल्लाको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीवारदेखि विद्युत् प्रवाह गरिएको छ ।
विद्युतीकरण शुरू भएको झण्डै १० वर्षपछि कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि ११ हजार भोल्ट करेन्ट प्रवाह गरिएको छ ।
विद्युतीकरण शुरू भएको झण्डै १० वर्षपछि कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरू गरिएको हो ।