२६ जेठ २०८३, मंगलबार

सुदूरपश्चिमको ३ महिनामा राजस्व संकलन ‘सन्तोषजनक’

कात्तिक ८, २०७६
सुदूरपश्चिमको ३ महिनामा राजस्व संकलन ‘सन्तोषजनक’
फाइल फोटो

धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो ३ महिनामा राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीवार मन्त्री बोहराले चालू वर्षको ३ महिनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजस्व संकलन भएको जानकारी दिए ।

करको दर नभई दायरा बढाएर अघि बढ्ने, सम्भावनाको खोजी गर्ने र सबै स्थानीय तहसँग करका सवालमा सामञ्जस्यता कायम गर्दै आपसमा समन्वय गरेर सरकार अघि बढेको उनले स्पष्ट पारे । 

सरकारको नीतिअनुसार आगामी चैतसम्म अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिएको र यसै महिना १ दिवसीय वित्तीय सम्मेलन गर्न लागिएको पनि उनले जानकारी दिए । कार्यक्रममा मन्त्रालयका सचिव सुमन अर्यालले पनि बोलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्