रुपन्देही -बुटवलमा बैंकबाट रकम निकालेर फर्किंदै गर्दा लुटेराहरूबाट रकम लुटिएको छ ।
स्थानीय दिपेश भट्टराईले बुटवलस्थित गण्डकी विकास बैंकबाट ६ लाख ५० हजार निकालेर राममन्दिर जाने क्रममा रकम लुटिएको हो ।
रकम लुटिए लगत्तै भट्टराईले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले लुटपाटमा संलग्न भएकाको खोजीकार्य जारी रहेको बताएको छ ।