काठमाडौं, २३ चैत– विश्वभरिका क्रिकेटर तथा क्रिकेट प्रेमीहरुका लागि ‘महाकूम्भ’ मानिने इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० को दशौं संस्करण आज (बुधबार)देखि सुरु हुँदैछ ।
भारतको हैदराबादस्थित राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै छन् ।

उद्घाटन खेल नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ । यसपटकको आइपीएलमा ८ टिम उपाधिका लागि भिड्दै छन् ।
सन् २००८ देखि सुरु भएको आइपीएलमा अहिलेसम्म चेन्नई सुपर किंगस, कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सले २–२ पटक उपाधि जितेका छन् ।
त्यस्तै राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले १–१ पटक उपाधि जितेका छन् । राजस्थान पहिलो संस्करणको विजेता हो भने हैदराबाद डिफेन्डिङ च्याम्पियन हो ।