०२ असार २०८३, मंगलबार

भारतले अरुणाचल प्रदेश चीनलाई फर्काउनुपर्ने एक विज्ञको भनाइ

कात्तिक २०, २०७४
भारतले अरुणाचल प्रदेश चीनलाई फर्काउनुपर्ने एक विज्ञको भनाइ

काठमाडौं, २३ चैत — तिब्बती नेता दलाई लामाले मंगलवार भारतको अरुणाचल प्रदेशको भ्रमण शुरु गरेपछि चीनले चिन्ता प्रकट गरेको छ । चीनको सरकारी सञ्चारमाध्यममा एक विज्ञले उत्तरपूर्वी भारतमा रहेको तवाङ क्षेत्र चीनलाई फर्काइने आशा बेइजिङले गरेको बताए ।


नाम नखुलेका ती विज्ञ इन्स्टिच्युट अफ एसिया पेसिफिक स्टडिज अफ द चाइनिज एकेडमी अफ सोसियल साइन्सेजमा आबद्ध छन् । उनलाई चीनको ग्लोबल टाइम्सले उद्धृत गर्दै दलाई लामाको अरुणाचल भ्रमणले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धमा समस्या आउने उल्लेख गरेको छ ।

अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत मान्दै आएको छ ।

उक्त भूमि चीनका विरुद्ध प्रयोग नहुने प्रतिबद्धतालाई भारतले उल्लंघन गरेको संकेत समेत ती विज्ञले दिएका छन् ।
भारतले दलाई लामाको प्रयोग गरेर द्विपक्षीय सम्बन्धमा आएका समस्याका बारेमा असन्तुष्टि प्रकट गरेको यो पहिलो अवसर नभएको र भारतले तिब्ब्त कार्ड खेल्ने गरेको सरकारी मिडियाले उल्लेख गरेको छ ।

हिन्दुस्तान टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्