२३ जेठ २०८३, शनिबार

प्रधानमन्त्री ओलीे पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै

कात्तिक ९, २०७६
प्रधानमन्त्री ओलीे पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै
फाइल तस्वीर

बाकु (अजरबैजान) –  असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले शनिवार अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए। आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन् । विशेष प्रतिनिधि मनोज कार्की,रासस

salt training

कमेन्ट गर्नुहोस्