१९ असार २०८३, शुक्रबार

मिलेर राणा, पञ्चायती फाल्यौं, संविधान बनायौं, अब समृद्विमा अगाडि बढ्दै छौं : नेता पौडेल

कात्तिक ९, २०७६
मिलेर राणा, पञ्चायती फाल्यौं, संविधान बनायौं, अब समृद्विमा अगाडि बढ्दै छौं :  नेता पौडेल

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं २ का संघीय सांसद देबेन्द्र पौडेलले नेपालमा समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्वको सुनिश्चितता प्रणाली भएको लोकतन्त्र अपनाईएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

हरेक चाडपर्वहरु नेपालीहरु बिचको एकता, सदभाव साटने प्रतिकको रुपमा रहेको बताए । मिलेर राणा शाषन फाल्यौं, पञ्चायती फाल्यौं, राजा फाल्यौं, संविधान बनायौं र अब देशमा २ तिहाईको सरकारले देशको समृद्विमा क्रमिक रुपमा अगाडि बढिरहेको भन्दै अब जनताले त्यसको विस्तारै महसुस गर्ने गरि विकास निर्माणका कार्यहरु अगाडिबढिरहेको पौडेलको भनाई छ ।

अब प्रत्येक पालिका सदरमुकाम सँग कालोपत्रे सडक बनाउन सरकारले गृहकार्य भईरहेको नेता पौडेलले बताए । मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि घोडाबाँधे सम्म खण्डमा पटक पटक विभिन्न बाहानामा काम हुन नसकेको र अहिले सरकारले त्यस तर्फ उच्च निगरानी गरिरहेको र काम अनि त्यहि अनुरुप अगाडिबढिरहेको उनले उल्लेख गरे ।

त्यस्तै गलकोट नगरपालिका र ताराखोला गाउँपालिका हुँदै म्याग्दी जोडने सडक र मल्म पाण्डवखानी, रणसिंहकिटेनी, खुंगा हुँदै बुर्तिबाङ, ढोरपाटन जोडने सडक लाईफ लाईनको रुपमा रहेको भन्दै सरकारले चरणबद्व रुपमा स्तरोन्नति गर्दै कालोपत्रे गर्ने तयारी भईरहेको उनले जानकारी दिए । त्यसले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने उनकाे विश्वास छ । 

त्यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगरले संघियताको सुन्दर पक्ष भनेको आम जनताको पहुँच र अधिकार प्राप्ति भएको बताए । देशमा नयाँ संविधान निर्माण भईसकेको हुँदा अब नयाँ सन्दर्भ र परिवेशमा हामीहरु रहिरहेको र अब संघियताको मोडलमा देशको विकास र समृद्विमा सबै सरकार लागिपरेको बताए ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला ईन्चार्ज बलावती शर्मा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरे, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेपाली काँग्रेस गलकोट नगर सभापति नारायण ध्वज मल्ल र राष्ट्रिय जनमोर्चा गलकोट नगर कमिटी अध्यक्ष टंक केसीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ताहरु, भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो । थम्मन थापा

salt training

कमेन्ट गर्नुहोस्