०९ साउन २०८३, शनिबार

भरतपुरमा ३ महिनामा ८ अर्ब राजस्व संकलन

कात्तिक ९, २०७६
भरतपुरमा ३ महिनामा ८ अर्ब राजस्व संकलन

चितवन – आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ५८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको यसै अवधिमा ७ अर्ब ४५ करोड ५१ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालका अनुसार चालू आर्थिक वर्षमा राजस्व विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको भएपनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व संकलन भएको छ ।

विभागले ३ महिनाका लागि १० अर्ब ७४ करोड ९५ लाख ६६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । 

चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ करोड ७ लाख ५१ हजार रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षमा अन्तःशुल्कमा ६ अर्ब ८१ करोड ५९ लाख ५० हजार रुपैयाँ, मूल्य अभिवृद्धिकरमा ५९ करोड ४८ लाख ५८ हजार रुपैयाँ, आयकरमा ५२ करोड ६० लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार व्याज करमा ४ करोड ७१ लाख ६० हजार, बहालकरमा १ करोड ७३ लाख १८ हजार, स्वास्थ्य सेवा करमा ४४ लाख ५ हजार रुपैयाँ र शिक्षा सेवा शुल्कमा १ लाख ४२ हजार राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए ।

कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिए अनुसारको संकलन गर्न कठिन भएको जनाएको छ । बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो ।

salt training

कमेन्ट गर्नुहोस्